मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

received_1288557139192305

भरतपुर । गैह्र सरकारी संस्था सामरी उत्थान सेवाले आयोजना गरेको मानव वेचविखन सम्बन्धी माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकलामा नारायणी नमुना मावि का कक्षा ९ की छात्रा विमर्शी कुँवर प्रथम भएकी छिन् ।

भरतपुरको चितवन माविमा आयोजित कार्यक्रममा भरतपुरका विविध विद्यालयका ९ प्रतिष्प्रधीले सहभागिता जनाएका थिए । प्रतियोगीतामा चितवन माविका सोफी अधिकारी दोश्रो, त्यस्तै नारायणी नमुनाका विवेक सिलवाल तेश्रो र नारायणी नमुनाकै कृष्टा पण्डितले सान्तवना पुरस्कार हासिल गरेकी छिन् । विजेताहरुले क्रमस ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद सहित प्रमाण-पत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले सामरीको कार्य प्रती धन्यवाद प्रदान गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । सामरीले महिला, वालवालीका र द्वन्दपिडितका पक्षमा सधै आफ्ना कार्यक्रम केन्द्रित गर्ने गरेकोमा भोलिको दिनमा पनि समाज सुधारका लागी विविध कार्यक्रमहरु केन्द्रित गर्न शुभकामना समेत वडाध्यक्ष खनालले दिएका थिए ।

कार्यक्रममा माईति नेपाल चितवनको कार्यक्रम संयोजक इश्वर गिरी, जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक निलम तामांग, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र पोखरेल, चितवन माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरन्जीवी शर्मा लगायतले बोलेका थिए । वक्तृत्वकला प्रतियोगीताको निर्णायकको रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सचिव दिपेन्द्र अधिकारी, मानव सचेतना समाजका देव श्रेष्ठ त्यस्तै रुपा विक रहेका थिए ।

मानव वेचविखन के हो, यो कसरी हुन्छ भन्ने बारेमा विद्यार्थी तह बाटै जानकारी होस् भन्ने उद्धेश्यले विद्यालयलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको पहिचान संजाल नेपालको संयोजक गायिका आयुष्मा केसीले बताईन । विद्यार्थीहरुलाई मनोरंजनका लागी केसीले सांगीतिक प्रस्तुती समेत दिएकी थिइन ।

पछिल्लो समय मनोरंजनको क्षेत्रमा महिला तथा वालवालिका प्रयोग हुने गरेको त्यस्तै मानव वेचविखनको घटना बढेको भन्दै सामरी नेपालले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा संचालित दोहोरी साँझ, मसाज सेन्टर, बाल क्लव, होटल, रेष्टुरेन्ट लगायत सत्कार क्षेत्रमा संलग्न श्रमिकहरुको हक, हित साथै यी क्षेत्रलाई मर्यादित बनाउन अभियान संचालन गरिरहेको कार्यक्रमको सभाध्यक्ष समेत रहेका समारी उत्थान सेवाका कार्यक्रम संयोजक मनोज कुमार पासवानले बताए ।

ताजा समाचारहरुः

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

मानव बेचविखन सम्वन्धी वक्तृत्वकला : नारायणी नमुना मावि प्रथम

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी