चितवन १६ असार । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ ।
वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाइने भएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।