Latest News

पत्रकार महासघ इलाम शाखामा तालाबन्दी

received_1219214735922621

इलाम १५ असार । प्रेस युनियन इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामा तालाबन्दी गरेको छ ।

महासंघको सदस्यता विवादलाई विधान अनुरुप टुङ्ग्याउन पत्रकार महासंघ उदाशिन भएको भन्दै युनियनले पाँच बुँदे माग सहित तालाबन्दी गरेको हो ।

प्रेस युनियन जिल्ला अध्यक्ष सविता पाण्डेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जिल्ला शाखाहरुले सिफारिस गरि पठाएको नामावली मापदण्ड विपरित साटफेट गरि क्रियाशिल पत्रकारहरुलाई पाखा लगाउन खोजिएको भन्दै सर्वसम्मत पठाएका सदस्यहरुलाई कायम गर्न माग गरिएको छ । माग पुुरा नभएसम्म शाखा कार्यालयमा गरिएको तालाबन्दी कामयै रहने विज्ञप्तीमा उल्लेख छ ।

साथै यस्तो विषम परिस्थितिमा नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अघि नबढाउन पत्रकार महासंघको जिल्ला नेतृत्व र निर्वाचन समितिलाई समेत आग्रह गरिएको छ