रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

received_1005977590964885

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ ।
रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो ।
नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तुत गरेको बजेट दोस्रो सभाले सर्वसम्मत पारित गरेको हो । यस्तै सुशासन समितिका संयोजक कलाधर पौडेलले पेस गरेको कर तथा गैरकरसम्बन्धी विधेयक २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ ।
यस्तै एकीकृत सम्पत्ति कर तथा भूमिकरसम्बन्धी व्यवस्थाका लागि उपप्रमुख पाठकले पेस गरेको आर्थिक विधेयक २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ ।
यसैगरी अघिल्लो आर्थिक वर्षको संरक्षित बजेट खर्च गर्ने प्रयोजनले बनेको विनियोजन विधेयक २०८१ सर्वसम्मत पारित भएको छ । विनियोजन विधेयक २०८१ उपप्रमुख यादवले पेस गरेका थिए ।
नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभाको समापन गर्दै प्रमुख सापकोटाले जनप्रतिनिधिका रूपमा २६ महिनाको अवधिमा नगरवासीलाई स्थानीय सरकारको अनुभूति हुने गरी विकास , पर्यटन, नगर गौरवका आयोजना , ब्लड बैंक लगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , विज्ञ सल्लाहकार रामहरि न्यौपाने , नगर प्रवक्ता कुलप्रसाद सापकोटा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुख एवं सचिवहरुको सहभागिता रहेको थियो ।

ताजा समाचारहरुः

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी