माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर
चितवन, जेठ २०- यहाँको माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ। माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो । कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो । “गोलघरमा माडी क्षेत्रका १० वटा पर्यटकीयस्थलको नाम लेखिएको छ । अब ती नामअनुसारका तस्बिर राख्ने गरी तयारी भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो । गोलघरमा सोमेश्वरगढी, वैकुण्ठधाम, रामधाम, शनिधाम, विराठधुनी, गोद्धकधाम, पर्शुरामकुण्ड, वाल्मीकि आश्रम, भूमि इनार र सेवा…