चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

चितवन,जेठ २१- चितवनमा अक्सफोड कलेजको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । उहाँका अनुसार अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ । दराईका अनुसार चालकले मापसे सेवन गरेर चलाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरेका छन । आक्रोशित स्थानियले गाडी तोडफोड गरेका छन । घटनको थप विवरण आउन बाँकी छ ।
Read More
तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ), जेठ २१ – तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताउनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
Read More
उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

काठमाडौं, जेठ २१- उपचार गर्ने भन्दै कैदीबन्दीलाई कारागारबाट निकालेर होटल लगी प्रहरीले मासु, बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको खुलेको छ । चौबीसै घण्टा प्रहरीको सुरक्षामा हुने कारागारमा प्रहरीकै योजना र संरक्षणमा कैदीबन्दीलाई मासु र बियर ख्वाउनुका साथै होटल बुक गरेर युवतीसँग समय बिताउन दिएको खुलेको हो । घटना १ जेठको हो । केन्द्रीय कारागार सुन्धारा तथा जग्गनाथदेवमा अनुप भण्डारी नाम गरेका कैदी छन् । उनी ठगी कसुरमा कारागार चलान भएका हुन् । उनै कैदी भण्डारीलाई उपचार गर्न बिनायक अस्पताल तथा प्रसूति गृह प्रालि सामाखुसी लाने भन्दै होटलमा लगेर प्रहरीले मस्ती गराएको हो । कैदी भण्डारीको ढाडको उपचारका लागि…
Read More
अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता

अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता

काठमाडौं, जेठ २१- त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी भएको समाचार अनलाइनखरबमा प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेपछि ४४ प्राध्यापकले ११ करोड फिर्ता गरेका हुन् । ‘आजसम्म ४४ जनाले फिर्ता गर्नुभएको छ । ११ करोड रकम उठेको छ,’ छानबिन समितिका संयोजक काफ्लेले भने । छानबिन समितिले प्रतिवेदन…
Read More
राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाएको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् । राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् । बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् । जनताकेन्द्रित…
Read More
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन, जेठ २१ – रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो । महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ । ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र…
Read More
अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

काठमाडौं, जेठ २१ – काभ्रे पाँचखाल नगरपालिका–७, होक्सेका अजित मिजार हत्याको विरोधमा नेपाली कांग्रेसका युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महाराजगन्जस्थित महाराजगन्ज मेडिकल क्याम्पस अगाडि युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । नेपाली कांगेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान र जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिको अगुवाइमा न्यायको माग गर्दै प्रदर्शन गरिएको हो । जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिकी संयोजक एलिजा ढकालका अनुसार न्याय अझै मरेको छैन् र न्याय दिलाउन आफूहरु तत्पर रहेको सन्देश दिन प्रदर्शन गरेको साथै मिजारको घरमै पुगेर पनि सान्तवना दिइएको हो । ‘१० बर्षअघि अन्तरजातीय विवाह गरेको निहुँमा मिजारको हत्या भएको अनुसन्धानहरुले देखाएको छ तर…
Read More
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले उच्च शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने

भरतपुर,जेठ २१- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक राष्ट्रिय सम्मेलन गरिने भएको छ । उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो । जेठ २२ गते सुरु भएर २४ गते सकिनेसम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ । सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डा कपिलदेव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका…
Read More
इच्छाकामनाका २ सय चेपाङ परिवारलाई खाद्यान्न वितरण

इच्छाकामनाका २ सय चेपाङ परिवारलाई खाद्यान्न वितरण

भरतपुर,जेठ २०- चितवनको इच्छाकामना गाउँपालिका–१ का दुई सय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । साप्रेनी, चौकीडाँडा, जैथली, दिङलाङ, ज्यानदाला र बाङग्यानका विपन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो । गामबेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङजा अर्जुनचौपारी गाउँपालिका १ घर भई हाल रोजगारीको शिलशिलामा स्वीजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चेपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनुभएको थियो । उहाँले पछाडि परेका चेपाङ समुदायका लागि थोरै भएपनि मलमको काम गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उल्लेख गर्नुभयो । चेपाङ समुदायसंग पुग्न पुलको काम गर्ने “चेपाङका बा” भनेर चिनिने केपी किरण शर्मा को योगदान…
Read More
फैसला कार्यान्वयनमा न्यायालय निरीह बन्यो, राज्यको नियन्त्रण कायमै छ: सांसद न्यौपाने

फैसला कार्यान्वयनमा न्यायालय निरीह बन्यो, राज्यको नियन्त्रण कायमै छ: सांसद न्यौपाने

काठमाडौं, जेठ २० – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनको मामलामा निरीह हुनुपरेको बताएका छन् । बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले पटक-पटक ताकेता गर्दा पनि सरकारले अदालतको आदेश, निर्देशन र फैसला कार्यान्वयनमा नलगेको भन्दै आपत्ति जनाएका हुन् । गिरिबन्धु टी स्टेट सम्बन्धी सर्वोच्च अदालतको फैसला आजसम्म पनि सरकारले कार्यान्वयनमा नल्याउँदा सम्बन्धित पक्षले ठुलो पीडा व्यहोर्नुपरेको दृष्टान्त उनले समितिमा पेस गरे । सांसद न्यौपानेले संविधान र कानुनले किटान गरेका विषयहरूलाई कार्यान्वयनमा लैजानका लागि संसद् र संसदीय समितिले सरकारलाई कडा रूपमा सचेत गराउनुपर्ने माग समेत…
Read More