डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन
असोज ५, चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै…