नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिम
बेइजिङ, भदौ ११- चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ । बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ । यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ । समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको…