चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

नारायणगढ (चितवन), भदौ १२- भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ । डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका-११ निवासी २३ वर्षीय कबिरलाल चौधरीको शव दाजु सुग्रिन थारूले पहिचान गर्नुभएको छ । त्यसैगरी, रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका(४ नेवारपानी निवासी ४३ वर्षीय रामकाजी पौडेलको शव उहाँका दाजु सुवास पौडेलले सनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशूली तथा नारायणी…
Read More
सरकारले तत्काल ४२ वटा बेलिब्रिज बनाउन भारत र चीनलाई गर्‍यो अनुरोध

सरकारले तत्काल ४२ वटा बेलिब्रिज बनाउन भारत र चीनलाई गर्‍यो अनुरोध

काठमाडौं, भदौ १२ – सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ । अहिले विदेशी दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्त रणधीर जैसवालले बिहीबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेलिब्रिज लगायतमा सहयोग गर्ने बताएका थिए । रसुवा, नुवाकोट र…
Read More
भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेन

भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेन

काठमाडौँ, भदौ १२ – बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन। शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन्। शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको छ। पहिचान नभएका शवहरू कहाँ कति ?
Read More
सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

काठमाडौँ, भदौ १२ – सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।
Read More
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौँ, भदौ १२ – प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
Read More
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्दैछ, उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण

भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्दैछ, उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण

काठमाडौँ, भदौ १२ – रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत विशेष आग्रह गरिएको छ। प्राधिकरणका…
Read More
प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्

प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्

काठमाडौँ, भदौ १२ – तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए । प्रजिअ परियारले अनलाइनखबरसँग भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’ चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।
Read More
चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन, भदौ १२- रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ । त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उहाँले जानकारी दिनुभयो । तस्बिर खिचिएका शवको…
Read More
भोटेकोसीमा फेरि बाढीको जोखिम, चीनतर्फ बनेको ताल फुट्ने खतरा

भोटेकोसीमा फेरि बाढीको जोखिम, चीनतर्फ बनेको ताल फुट्ने खतरा

काठमाडौं, भदौ १२ – चीनको तिब्बततर्फबाट बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ । तर, जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । त्यो ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ । “चीन सरकारबाट प्राप्त सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणानुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको,” महाशाखाले भनेको छ । अर्को सूचना जारी नहुँदासम्म…
Read More
बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

काठमाडौँ, भदौ १२ – नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएको थियो। अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा थप विनाश निम्त्याउन सक्ने जोखिम बढेको भन्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा रहन र अपरेसन रोक्न निर्देशन दिएको जनाएका छन् । बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा…
Read More