नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा…
Read More
रत्ननगरमा एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

रत्ननगरमा एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

चितवन । चितवनमा रु एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए । “कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भने । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ…
Read More
ओमशान्तिका विद्यार्थीलाई स्टेशनरी सहयोग

ओमशान्तिका विद्यार्थीलाई स्टेशनरी सहयोग

रत्ननगर । रत्ननगर वडा नं १ निपनीमा रहेको ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुका लागि स्टेशनरी सहयोग गरिएको छ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमितिले विपन्न समुदायका बालवालिको शिक्षाको लागि स्टेशनरी सहयोग गरेको हो । विहीबार विहान विद्यालयमा आयोजित कार्यक्रममा बाइजुराजकी केन्द्रीय सदस्य अनिता पौडेल र जिल्ला अध्यक्ष शोभा ओली शर्माले विद्यालयकी प्रधानाध्यापक राधा चौधरीलाई कापी र कमल हस्तान्तरण गरेका हुन । बाइजुराजले १६ हजार रुपैया बराबरको कापी र कलम विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त विद्यालयका अघिकाँस विपन्न समुदायका बालबालिका अध्यायन गर्छन् । बाइजुराजकी जिल्ला अध्यक्ष शर्माले मानवीय सेवा कार्य अन्तर्गत विपन्न बालबालिकाको शिक्षाको लागि स्टेशनरी प्रदान गरिएको…
Read More
गंगा प्लाजा व्यवसायीको रक्तदान : ५१ युनिट रगत संकलन

गंगा प्लाजा व्यवसायीको रक्तदान : ५१ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । गंगा प्लाजा व्यवसायी समितिले आयोजना गरेको सो कार्यक्रममा ८ जना महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सेवक बास्तोलाले जानकारी दिए । विश्व जनसंख्या दिवसको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आम नागरिकले दान गरेको रगत विरामीसम्म पुग्न मुश्किल रहेको भन्दै पावरको भरमा रगत उपलब्ध गराउने गलत प्रवृतिको अन्त्य हुनुपर्ने बताए । सामान्य मान्छेले विरामी हुँदा रगत पाइदैन उनले भने भनसुनका आधारमा रगत पाउने अबस्थाको अन्त्य…
Read More
भोजपुरी गीत ‘तोहरा प्यार मे’ यूटुव मार्फत सार्वजनिक

भोजपुरी गीत ‘तोहरा प्यार मे’ यूटुव मार्फत सार्वजनिक

खैरहनी । खैरहनी वडा नं १ बहेरी निवासी किशोर चौधरीले निर्माण गरेको भोजपुरी गित ‘तोहरा प्यार मे’ युटुव मार्फत सार्वजनिक गरिएको छ । पूर्वी चितवनको खैरहनी स्थित म्याङ्गो जनज्योति सिनेमा हलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सेविल इन्टरनेन्टमेण्ट नामक युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको संगितकार समेत रहेका चौधरीले जानकारी दिए । संगितकार चौधरीले उक्त गीतमा निर्देशन तथा सम्पादन समेत गरेका छन् । अनुज गुप्ताको शब्दरचना रहेको उक्त गीतमा किशोर चौधरीले नै संगित भरेका छन् । चितवन र मकवानपुरका रमणीय ठाँउमा छायाङ्कन गरिएको उक्त गीत मनोज महतो र अनुमा चौधरीले गायका हुन । गीतमा…
Read More
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन —पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलानजिक सडकमाथिबाट  ढुंगा, लेदोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक खुल्न ९ बजेसम्म लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
Read More
चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवन, २६  असार । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालु खर्चका लागि विनियोजित रकम रु…
Read More
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।…
Read More
कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

चितवन । चितवनकाे कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित असार २५ । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ । नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो । संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड…
Read More

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु   

कास्की, २६ असार । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । पोखरामा हिजो साँझदेखि नै निरन्तर…
Read More