सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन क्लियर भिजन अप्टिकलका कर्मचारीलाई प्रशिक्षण
चितवन, असार २३– चितवनको भरतपुरस्थित चौविसकोठीमा मुख्य कार्यालय रहेको क्लियर भिजन अप्टिकल प्रा.लि.ले व्यवसायिक सीप आदान प्रदान तथा नयाँ प्रविधिको अध्ययनका लागि कर्मचारीहरुलाई प्रशिक्षण दिएको छ । ‘हामी सिक्दैछौं, ताकि तपाईंलाई अझ राम्रो सेवा दिन सकौ’ भन्ने नारासहित क्लियर भिजन अप्टिकललाई तालिम प्रदान गरिएको हो । क्लियर भिजन अप्टिकलको उद्देश्य केवल चस्मा बिक्री गर्नु मात्र नभई सेवाग्राहीको आँखाको स्वास्थ्यलाई प्राथमिकता दिँदै सही परामर्श, गुणस्तरीय उत्पादन र अविस्मरणीय ग्राहक अनुभव प्रदान गर्नु रहेकाले सम्पूर्ण कर्मचारीलाई विशेष तालिम प्रदान गरिएको संचालक अली अन्सारीले जानकारी दिए । उत्कृष्ट सेवा केवल अनुभवबाट मात्र नभई निरन्तर सिकाइ, अभ्यास र सुधारबाट सम्भव हुने भएकाले यसरी तालिम…