‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स प्रतियोगिता २०८१’ हुने
चितवन, ६ असोज। चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको हो । “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जी., ६० के.जी. ६५ के.जी., ७० केजी, ७५ केजी, ७५ केजीभन्दा…