सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

458739243_901059618558242_3298845076462943252_n

भरतपुर । सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ती घोषणा गरेको हो । कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ती घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवद्र्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ती उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ती प्रदान गरिने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ, उहाँले भन्नुभयो, यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रबृत्ती प्राप्त गर्नेछन ।’ छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइने प्रिन्सिपल पौडेलले बताउनुभयो । यस छात्रवृत्तीले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजले अपेक्षा गरेको छ । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास कलेजले लिएको छ । सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ,उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले तीन जना चेपाङ समुदायका छात्रछात्रालाई पूर्ण छात्रवृत्ती दिने यस अघिनै घोषणा गरिसकेको बताउनुभयो ।

ताजा समाचारहरुः

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सेन्ट्रल मोडल कलेजद्वारा ६४ विद्यार्थीलाई छात्रबृत्ती घोषणा

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी