नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै
काठमाडौँ, असार ९ – जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ । लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एकदुई स्थानमा तातोलहर ९हिटवेभ०को जोखिम कायमै रहेको विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमापनि तातोलहर चल्न सक्ने सम्भावना औँल्याइएको छ । मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगन्जमा आज तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना र धनगढीमा अधिकतम् तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने,…