ऐतिहासिक कोटिहोम महायज्ञ अन्तिम चरणमा
भरतपुर, असार १०- योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञ अन्तिम चरणमा पुगेको छ । दुई महिनासम्म चलेको ऐतिहासिक कोटिहोम महायज्ञ सकिन अब चार दिन मात्रै बाँकी छ । महायज्ञ अन्तिम चरणमा पुग्दै गर्दा भक्तजनको सहभागीता पनि उत्साहपूर्ण देखिन्छ । गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ यहि असार १४ गते सम्पन्न हुँदै छ । महायज्ञमा सवा करोड हवन भइसकेर करिब पाँच करोड दीप प्रज्वलन पनि भइसकेको छ । गोरखनाथको तान्त्रिक बिजमन्त्रद्धारा हवन गरिएको हो । यसैबीच, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ राम्चेका पोखरी प्रसाद पनेरीले आफ्नो स्वर्गीय आमा भिमकुमारी पनेरीको स्मृतिमा मंगलबार महायज्ञलाई एक लाख पाँच हजार ५०० रुपैयाँ…