माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई
रत्ननगर । रत्ननगर- १५ मा सेन्ट्रल कलेज दोस्रो माधवपुर चितवन जिल्ला स्तरिय खुल्ला माधवपुर बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएकोछ । शनिवार सम्पन्न खेलमा स्विस लिग अन्र्तगत सात रनको खेलमा सन्तोष गौतम अभिजित सातै रन जितेर प्रतियोगितामा प्रथम भएकाछन् । मंगल गुरूङ दोस्रो, जुनानाथ सापकोटा तेस्रो, आशिष गुरूङ चौथो, सुदिप श्रेष्ठ पाँचौ र सुजन न्यौपाने छौठो भएका छन् । यस्तै, महिला उत्कृष्ट प्रथम उज्वनी कंडेल, प्लस टु तर्फ उत्कृष्ट प्रथम प्रतीक चालिसे, प्लस टु तर्फ उत्कृष्ठ दोस्रो निशान पौडेल, स्कुल तर्फ उत्कृष्ट प्रथम सन्देश पुन, उत्कृष्ट दोस्रो प्रलिन अधिकारी, रत्ननगर उत्कृष्ट प्रथम शिशिर थापा, उत्कृष्ट दोस्रो सुनिल सिंखडा, साबिक पिठूवा उत्कृष्ट प्रथम…