चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर
काठमाडौँ, भदौ १४- नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन नेटवर्क( सीजीटीएन)ले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो । पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो । यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ । यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त…