बाढी–पहिरो पीडितका लागि ब्रान्डेड अटोमोबाइल्सको १ लाख १ हजार १ सय सहयोग
भरतपुर, भदौ १५ – बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ब्रान्डेड अटोमोबाइल्स प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। चितवन र नवलपुरका लागि SML Isuzu, Dongfeng, Kama तथा Forthing Friday का आधिकारिक डिलरका रूपमा भरतपुर महानगरपालिका–९ मा सञ्चालनमा रहेको कम्पनीले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। कम्पनीका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। बाढी–पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र नवलपुरलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। कम्पनीले विपद्मा ज्यान…