स्वास्थ्यसेवाको दायरा फराकिलो बनाउँदै रत्ननगर अस्पताल, एक वर्षमै ३ लाख १७ हजार बिरामी

स्वास्थ्यसेवाको दायरा फराकिलो बनाउँदै रत्ननगर अस्पताल, एक वर्षमै ३ लाख १७ हजार बिरामी

स्वास्थ्यसेवाको दायरा फराकिलो बनाउँदै रत्ननगर अस्पताल, एक वर्षमै ३ लाख १७ हजार बिरामी

चितवन, साउन ३१- पूर्वी चितवनको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको छ। विशेषज्ञ चिकित्सकबाट सेवा, उपचारमा आधुनिक प्रविधिको प्रयोग र अस्पतालको स्तरोन्नतिसँगै सेवाग्राहीको संख्या बढेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३ लाख १७ हजार २६६ जनाले उपचार सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ लाख ९६ हजार ५३८ जनाले सेवा लिएका थिए। आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६६ जनाले आकस्मिक सेवा लिएका छन् भने ४ हजार ६८५ जना भर्ना भएर उपचार गराएका छन्। अस्पतालमा दैनिक १ हजार ५०० भन्दा बढीले ओपीडी…
Read More
चितवनमा तीन प्रदेशका २३४ स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवनमा तीन प्रदेशका २३४ स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवन, साउन ३१- चितवनमा तीन प्रदेशका स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ। चितवन स्मार्ट स्काउट क्रुको आयोजनामा साउन २९ गतेदेखि सुरु भएको तीनदिने ‘ट्रूप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम आइतबार सकिँदैछ । अंकुरम एकेडेमीमा सञ्चालन गरिएको तालिममा मधेश, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये १३४ जना छात्रा र एक सय जना छात्र रहेका छन्। तालिम इन्चार्ज आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। अंकुरम…
Read More
नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

काठमाडौँ, साउन ३१- अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन । हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो । टीपीएसअन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो । टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने…
Read More
सुनको मूल्य बढ्यो, ३ लाख ५ हजार २ सयमा कारोबार

सुनको मूल्य बढ्यो, ३ लाख ५ हजार २ सयमा कारोबार

काठमाडौँ, साउन ३१- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी…
Read More
चितवनको सिमलधारामा पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवनको सिमलधारामा पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवन ,साउन ३१- चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।
Read More
नक्सापासबिनाका घरमाथि रत्ननगरको कडाइ, अभिलेखीकरणसमेत बन्द

नक्सापासबिनाका घरमाथि रत्ननगरको कडाइ, अभिलेखीकरणसमेत बन्द

चितवन, साउन २६- चितवनको भरतपुर महानगरपालिका–२८, मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु भएको छ। बिहान मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई करिब पौने ५ बजे होटल साङ्ग्रीला नजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको बताइएको छ। घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले खोजी थालेको थियो। खोजीका क्रममा बोटेको मृत्यु भइसकेको पुष्टि भए पनि उनको शरीरको एउटा खुट्टाबाहेक अन्य भाग फेला पर्न नसकेको जनाइएको छ। बोटेलाई आक्रमण गर्ने बाघ घटनास्थलनजिकैको झाडीमा रहेको बताइएको छ। सुरक्षा टोलीले बाघलाई नियन्त्रणमा लिन घटनास्थलमा घेराबन्दी गरी प्रयास गरिरहेको छ। घटनापछि मेघौली क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। सम्भावित…
Read More
ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

चितवन, साउन २६- भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पोलहरु अलपत्र परेका छन् । बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो । तर, लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन । ठेकेदारलाई दैनिक ५ हजार ४०० रुपैयाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन् । मालपोत चोक, केन्द्रीय बसपार्क चोक, हाकिम चोक, चौविसकोठी, सहिदचोक र पुलचोकमा गाडिएका पोलहरु अलपत्र परेका छन् । ट्राफिक लाइट जडानको जिम्मा एभरेष्ट टुसी जेभीले पाएको हो । छ लेन सडकको एक्सप्रेस लेन र सर्भिस लेन दुवैमा ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ । एक करोड…
Read More
चितवनमा भूगोलका आधारमा पकाउने ग्यास वितरण गरिने, गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन

चितवनमा भूगोलका आधारमा पकाउने ग्यास वितरण गरिने, गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन

चितवन, साउन २६- जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्ताको गुनासो र ग्यासको उपलब्धतालाई ध्यानमा राख्दै भूगोलका आधारमा (क्लस्टर प्रणाली) खाना पकाउने ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ। २०८३ साउन २४ गते ग्यास उद्योगी तथा डिलरहरूसँग भएको छलफलपछि प्रशासनले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार जिल्लाको पश्चिम खण्ड (पश्चिम चितवन र माडी नगरपालिका), भरतपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४ र २९, वडा नं. १०, ११ र १२ तथा वडा नं. ५, ६, ७, ८ र ९ का लागि छुट्टाछुट्टै १–१ दिन ग्यास वितरण गरिनेछ। पूर्वी चितवनका डिपोहरूमा भने साविकबमोजिम नै निरन्तर ग्यास वितरण हुने जिल्ला प्रशासन कार्यालयले…
Read More
चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रतियोगिता हुँदै

चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रतियोगिता हुँदै

चितवन,साउन २६- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो बर्ष पनि तीज गीत प्रातोगिता गर्दैछ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागेको हो । विगत १३ वर्ष देखी सुरक्षित आप्रवास तथा सामाजिक एवं मानवीय परोपकारी कार्यमा सक्रिय रहदै आएको यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रातोगिता हो । समितिले आऊदो भदौ २० गते शनिवारका दिन जिल्लाको माडीको बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा “तेश्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८३”आयोजन गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिनु भयो । प्रतियोगितात्मक कार्यक्रममा आयोजकले पुरस्कारको प्रतियोगितामा…
Read More
बाघको आक्रमणपछि मेघौलीमा त्रास, ६५ वर्षीय वृद्धको खोजी तीव्र

बाघको आक्रमणपछि मेघौलीमा त्रास, ६५ वर्षीय वृद्धको खोजी तीव्र

चितवन,साउन २६- चितवनको भरतपुर महानगरपालिका–२८, मेघौली जितपुरका ६५ वर्षीय मङ्गले बोटेलाई मंगलबार बिहान बाघले आक्रमण गरी जंगलतर्फ लगेको छ। स्थानीयका अनुसार बिहान करिब पौने ५ बजे मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई मेघौलीस्थित होटल साङ्ग्रीलानजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको हो। घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा चितवन राष्ट्रिय निकुञ्जको टोलीले बेपत्ता बोटेको खोजी तथा उद्धार कार्य तीव्र पारेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रनजिक पर्ने उक्त क्षेत्रमा वन्यजन्तुको आवागमन बाक्लो हुने भएकाले स्थानीयवासी त्रसित बनेका छन्। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले सो क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र बिहान–बेलुका एक्लै बाहिर ननिस्कन आग्रह गरेको छ। बोटेको अवस्था तथा…
Read More