शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

चितवन, साउन ३- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई चितवन भ्रमणका क्रममा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले विरोधको कारणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि पछिल्लो समय शिक्षा सम्बन्धी नीति तथा नियमावलीको विरोधमा देशभर विभिन्न विद्यार्थी र शैक्षिक क्षेत्रसँग सम्बन्धित संगठनहरूले आन्दोलन गरिरहेका छन्। यस घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।
Read More
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन

चितवन, साउन ३- चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो। अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स(रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स(रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय…
Read More
स्पेनबाट १९९ सदस्यीय टोली चितवनमा, पटिहानीमा पर्यटन र संस्कृतिको अध्ययन

स्पेनबाट १९९ सदस्यीय टोली चितवनमा, पटिहानीमा पर्यटन र संस्कृतिको अध्ययन

चितवन, साउन ३- पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा अध्ययन–अवलोकनका उद्देश्यले स्पेनको रुटा इन्टरनेशनलमार्फत १९९ जना युवा विद्यार्थी, पत्रकार तथा चिकित्सकको टोली चितवन आएको छ। २४ दिने नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौंसँगै चितवनका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलको अवलोकन गर्दै नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा, पर्यावरण, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको छ। भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार टोलीले शनिबार बिहान पटिहानी क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ। भ्रमणका क्रममा स्पेनी टोलीलाई चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, पटिहानीस्थित कमलपोखरी, थारु सांस्कृतिक संग्रहालय, अम्ब्रेला स्ट्रिट, स्टोन पार्कलगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराइनेछ। स्थानीय तहका अनुसार यस्तो…
Read More
वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

वन्यजन्तुको आक्रमणबाट गत आवमा चितवनको मध्यवर्ती क्षेत्रमा पाँच जनाको मृत्यु

चितवन, साउन ३- गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार ज्यान गुमाउनेमध्ये जंगली हात्ती र गैंडाको आक्रमणबाट दुई–दुई जना तथा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो। निकुञ्जको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षतिमा क्रमिक रूपमा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये गैंडाको आक्रमणबाट नौ जना, जंगली हात्तीबाट दुई जना तथा बाघ र गोहीको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको थियो। त्यसअघि आर्थिक…
Read More
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे, राजस्व घट्यो

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे, राजस्व घट्यो

चितवन, साउन ३- चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या २ लाख ३१ हजार ३२९ थियो । निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक रहेको चितवन निकुञ्ज प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक…
Read More
आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार कायम

आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार कायम

काठमाडौँ, साउन ३- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More
चितवनसहित देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

चितवनसहित देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

काठमाडौँ, साउन ३- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज चितवन, मकवानपुर, नवलपरासी (पूर्व र पश्चिम), धादिङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाभएर साना नदीले बाढीको जोखिम बढाउने बताएको हो । विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको…
Read More
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो

काठमाडौं, साउन ३- मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा।प्र।०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी पुनः सञ्चालनमा आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन…
Read More
नारायणघाट–मुग्लिन सडकको जलबिरेमा भीषण दुर्घटना, ३० जना घाइते

नारायणघाट–मुग्लिन सडकको जलबिरेमा भीषण दुर्घटना, ३० जना घाइते

चितवन, साउन ३– नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन् । रासस
Read More
नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

चितवन, साउन १- माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वदेश एफएमको सहजीकरणमा नगरसभा हल, बसन्तपुरमा आयोजित कार्यक्रममा नगरवासीले विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। सुनुवाइमा बोल्दै माडी–७ का हरि रानाभाटले भूमिगत सिँचाइभन्दा सतही सिँचाइ प्रणालीमा लगानी बढाउन, रिचार्ज पोखरी निर्माण गर्न, जथाभावी टहरा निर्माण रोक्न, आत्महत्याका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न, बसन्तपुर बजारको पार्किङ व्यवस्थापन गर्न तथा मगोई नदीमा व्यवस्थित दाहसंस्कार स्थल तोक्न सुझाव दिए। त्यस्तै, माडी–९…
Read More