ध्रुबेको आतंकपछि सर्वोच्चको कडा आदेश : मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्ती संरक्षणमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
चितवन, साउन ४– भरतपुर महानगरपालिका–२३ बेलहठ्ठामा गत असार २० गते राति जंगली हात्ती ‘ध्रुबे’को आक्रमणमा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि मानव–हात्ती द्वन्द्वको विषय पुनः चर्चामा आएको छ। यस घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले ध्रुबेको दाह्रा काटी घाँटीमा नयाँ रेडियो कलर जडान गरी उसको गतिविधिमाथि निगरानी बढाएको थियो। यहीबीच सर्वोच्च अदालतले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा जंगली हात्तीको दीर्घकालीन संरक्षणका लागि सरकारलाई व्यापक र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत पुस २ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सरकारका विभिन्न निकायलाई ६ बुँदे निर्देशनात्मक…