चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी
चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगलागीबाटमा पूर्ण रुपमा क्षति भएकाे छ । आगो नियन्त्रणमा आइसकेको छ। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो।