Latest News

चित्रसेन मन्दिरमा सन्ध्या आरती र महायज्ञ सुरु : उपमेयर पाठकले गरे उद्घाटन 

FB_IMG_1721101143405

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारी स्थित चित्रसेन बाबा मन्दिरमा सन्ध्याकालिन आरती र शिवपुराण महायज्ञ सुरु भएकाे छ ।

चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिले सयुक्त रुपमा आयाेजना गरेकाे सन्ध्याकालिन आरती तथा महायज्ञकाे रत्ननगरका उपमेयर यादब प्रसाद पाठकले उद्घाटन गरेका थिए ।

धर्मसंस्कृति मार्फत साैराहाकाे पर्यटन विकास गर्ने उद्देश्यले आयाेजना गरिएकाे साे कार्यक्रमकाे लागि बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाकाे विशेष सहयाेग रहेकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहा, रेवान साैराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी समूह, वर्ड एजुकेशन साेसाइटी र नेचर गाईड एशाेसियसनकाे समेत सहयाेग रहेकाे छ ।

धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयाेजना गरिएकाे आरती व्यवस्थापन समितिका अध्यक्ष गाेकर्ण गिरीले जानकारी दिए ।

धर्म,संस्कृति मार्फत पहिलाे पटक धार्मिक पर्यटनकाे विकास गर्ने उद्देश्यले सन्ध्याकालि महागंगा आरती सुरु गरिएकाे उनकाे भनाई छ । साैराहा घुम्न आएका पर्यटनलाई सन्ध्याकालिन आरतीमा सहभागी गराएर बसाइ लम्ब्याउने याेजना  स्थानीय सरकार र व्यवसायीहरुकाे रहेकाे छ ।

सन्ध्या आरती हरेक हप्ताकाे साेमबार गर्ने र आवश्यकता महसुस भए शुक्रबार पनि गर्ने प्रारम्भिक याेजना रहेकाे रेवानका अध्यक्ष गाेकर्ण गिरीले बताए । महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गर्ने र महायज्ञबाट ३० लाख रूपैया संकलन गर्ने याेजना रहेकाे छ । १० लाख खर्च गरेर २० लाख जाेगाएर आरती सञ्चालनकाे लागि अक्षयकाेष स्थापना गर्ने आरती व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताए ।

महायज्ञ उद्घाटन पूर्व चित्रसारीमा कलशयात्रा निकालिएकाे थियाे । कलश यात्रामा यहाँका विभिन्न संघसंस्था सहभागी थिए ।