धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठुलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरू धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरथरीका छन् ।

हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वाभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्विकारिएको कर्तव्य कर्म सदाचार धर्म हो । धर्म शब्दको अर्थ हो, ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरूको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ ।

हामी हिन्दुहरूको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही नै मानव धर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यवहारिक वस्तु हो । धर्मको बारेमा ठुला ठुला कुरा गरेर मात्र धर्मको पालना हुँदैन । यदि हामी साँच्चै नै असल र धर्म पालक बन्न चाहन्छौँ भने धर्मशास्त्रको अध्ययनको साथै ऋषिमुनिहरुबाट निर्देशित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अति आवश्यक ठानिएको छ । धर्म धेरै किसिमका छन् ।

वैदिक धर्म, शैव धर्म, वैष्णव धर्म, बौद्ध धर्म, दया धर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्य धर्म, शूद्र धर्म र सामान्य धर्म, धर्म के हो र किन मान्ने ?

संस्कृति

संस्कृति भनेको अनादिकालदेखि प्रचलनमा आएको परम्परा हो। संस्कृति भनेको सभ्यता होइन । सभ्यता कहिलेदेखि सुरु भयो ? मोटामोटी रूपमा भन्न सकिएला तर संस्कृति कहिलेदेखि सुरु भयो रु अनुमान गर्न असम्भव भएकाले संस्कृति भनेको अनादिकालदेखि चलेको परम्परा हो भन्ने बुझ्नुपरेको छ। संस्कृति र परम्परा आ–आफ्नै हुन्छन्।

देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरू हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ, देशको संस्कृति हुँदैन राई, याख्खा, आठपहरिया तथा लिम्बूहरूको आफ्नै संस्कृति छ। हाम्रो देशमा धेरै जातजाति भएका हुनाले संस्कृति धेरै छन्। संविधानले पनि यो कुरा स्वीकारेर बहुजाति, भाषा, धर्म, संस्कृति भनेकै छ।

संस्कार

संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा दोहोर्‍याउने माध्यम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । मनुस्मृतिमा भनिएको पनि छ – जन्मना जायते शू-संस्काराद् द्विज उच्यते । वेद–पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।। अर्थात् जन्मँदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रह्मवेत्ताहरू ब्राह्मण हुन्छन् । हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रूपमा प्रयोग गरिने चलन छ तर यिनमा फरक पनि उत्तिकै छ ।

संस्कार शब्दले पूर्ण गराइएको, तर्सिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाल्ने स्टिल बन्छ । हीरा र मणिलाई तरिसाएपछि चमक आउँछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछ भन्ने विश्वास संस्कार दर्शनको छ । विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरू पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो ।

यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्म :

तब कहाँनेर छ विवाद सन् अस्वीकार गर्नुपर्ने ठाउँ ऋग्वेदमा भनिएको छ कि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्य भागी धर्म पाउँछ ।

यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरूपको धर्म मात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमा चाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनुपर्ने हुन्छ । धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ मारकाट हिंसा शस्त्रास्त्रको उपयोग आदि–इत्यादि त राजनीति हो अर्थनीति हो सन्– धर्म नीति होइन ।

कहिलेकाहीँ ती पनि आवश्यक पर्लान् सन् तर तिनलाई नै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा ती बाट प्रायः पर रहनुपर्दछ । कर्म रीतिरिवाज विधि–विधान चालचलन प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरूलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै–झगडा र मारकाट हुँदैन हिंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनः को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति ।

धर्म मानवताको उच्चतम स्वरूप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ, हुनुपर्छ । तब कुटुम्ब–कुटुम्ब बिचमा पनि के को युद्ध ।

सावधान

सनातन र हिन्दु अलग भनेर, खश र आर्य अलग भनेर, किरात र युमा मास्यो अलग भनेर, मधेसी र दरभङ्गिया अलग भनेर नै हो अब पराइहरूले नेपालमा फुटाउने, लडाउने ।

पहिले खस आर्य र दलित अलग लेखेर, मधेसी र पहाडी भन्ने विपरीत पार्न प्रयास गरेर, आदिवासी जनजाति र अन्यको कित्ताकाट घुसाएर आपसमा फुटाउने, लडाउने प्रयास गरे । केही सफलता पाए । अब झन् सघन बनाउँदै छन् कित्ताकाट, फुट, झगडा । हामी एकताको सूत्रमा आबद्ध रहौँ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.