काठमाडौँ, जेठ १७-
प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको सीमा मिचेको भन्नेअभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएको बताएका थिए।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको भन्दैप्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।
‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो। होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ?’ उनले भनिन्, ‘यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।’