
धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता
धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठुलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरू धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वाभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका…