चितवन,जेठ १७-
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल, सबै केन्द्रीय समितिको सदस्यहरु र सबै प्रदेश सभापतिहरू रहेका छन्।
आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ।