टी-२० विश्वकपः बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

t20

असार ११-

आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यो खेल बिहीबार राती सवा ८ बजे सुरु हुनेछ । अस्ट्रेलिया र बंगलादेश भने विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।