मनकामना केबुलकार ५० दिन बन्द हुने   

manakamana-cable-car-e1697877328351

मुग्लिन (चितवन), ३१ असार : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।

यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।    (रासस)

ताजा समाचारहरुः

मनकामना केबुलकार ५० दिन बन्द हुने   

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

मनकामना केबुलकार ५० दिन बन्द हुने   

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मनकामना केबुलकार ५० दिन बन्द हुने   

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

मनकामना केबुलकार ५० दिन बन्द हुने   

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

मनकामना केबुलकार ५० दिन बन्द हुने   

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

मनकामना केबुलकार ५० दिन बन्द हुने   

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

मनकामना केबुलकार ५० दिन बन्द हुने   

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी