Day: ३२ असार २०८१, सोमबार १८:४८

सिमलताल दुर्घटना : १३ जनाको शव फेला, सात जनाको सनाखत हुन बाँकी

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता भएका बस र यात्रुको खोजी गर्न आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ । खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो । यस प्रविधिले ३०० मिटर गहिराइसम्मको अवस्थाबारे जानकारी दिने बताइएको छ । यद्यपी अहिलेसम्म बस र यात्रु फेला परेको छैन । त्रिशूलीमा बेपत्ता भएका यात्रुको शव भने भारतको वाल्मीकि नहरसम्म फेला परेका छन् । अहिलेसम्म १३ जनाको शव फेला परेको छ, जसमा सात वटा शवको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म भारतको वाल्मीकि नहरमा चार…
Read More
ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- १ ‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार ७. आरजु राणा देउवा, परराष्ट्र ८. नवलकिशोर साह सुडी, महिला बालबालिका ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद १३. प्रदीप यादव, खानेपानी १४. प्रदीप पौडेल, स्वास्थ्य १५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला १६. बद्री प्रसाद पाण्डे, पर्यटन १७.…
Read More
देशभर ६७.३ प्रतिशत रोपाइँ, बागमतीमा ६९.२ प्रतिशत

देशभर ६७.३ प्रतिशत रोपाइँ, बागमतीमा ६९.२ प्रतिशत

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।
Read More
नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।…
Read More
चितवन जिल्ला लिगका खेलहरु केही दिनका लागि स्थगित

चितवन जिल्ला लिगका खेलहरु केही दिनका लागि स्थगित

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सूचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो । अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ । संघले छिट्टै यस बारे थप निर्णय गर्ने सूचनामा उल्लेख छ । संघका महासचिव रामहरि ढकालले मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा हुने भएको लिगका खेलहरु स्थगित गरिएको बताए । शनिबारसम्म मौसमको अवस्था हेरेर यस बारे थप निर्णय गरिने उनले जानकारी दिए…
Read More
मनकामना केबुलकार ५० दिन बन्द हुने   

मनकामना केबुलकार ५० दिन बन्द हुने   

मुग्लिन (चितवन), ३१ असार : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने…
Read More
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित   

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित   

मलेखु (धादिङ), ३१ असार । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो । गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उहाँले भन्नुभयो, “गएराति १२ बजेतिर पानी प¥यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।” मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ…
Read More
नारायणी किनारमा १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी

नारायणी किनारमा १२ जनाको शव भेटियो, पाँच जनाको सनाखत हुन बाँकी

चितवन । चितवनको नारायणी नदीकिनारमा अहिलेसम्म १२ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म साात जनाको सनाखत भएको र पाँच जनाको सनाखत हुन बाँकी रहेको छ । सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार…
Read More
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा…
Read More
खैरहनीको सार्वजनिक सुनुवाई, गुनासो र सुझाव मिश्रित

खैरहनीको सार्वजनिक सुनुवाई, गुनासो र सुझाव मिश्रित

चितवन । खैरहनी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार सम्पन्न भएको छ । नगरपालिकाले गरेको कार्यसम्पादन ,विकास निर्माणका कामका बारे नगरवासीको जिज्ञासा सुन्नुका साथै रायसल्लाह लिने उदेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित नगरवासीले शिक्षामा लगानी अनुसार प्रतिफल आउन नसक्नुका कारण पत्ता लगाएर गुणस्तर वृद्धी गर्नु पर्ने, निर्माणको काम गुणस्तरीय हुनु पर्ने,वेरोजगार अन्त्य गर्न गर्ने खालका योजना ल्याउनु पर्ने,विकृती ,विसंगती रोक्न तथा सभ्य समाज निर्माणका लागि जनचेतनामुलक कार्यक्रम लगायत गतिविधी संचालन गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा विष्णु प्रसाद बास्कोटा,भेषराज खनाल,राज सिलवाल,उ त्तम अधिकारी,मोहदत्त सापकोटा,रामेश्वर पोखरेल,सकुन्तला अधिकारी,गणेश मल्ल लगायतले आआफ्नो…
Read More