ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

trauma center

काठमाडौं, भदौ १० –

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं । ’