Latest News

खैरहनीको सार्वजनिक सुनुवाई, गुनासो र सुझाव मिश्रित

FB_IMG_1721010919470

चितवन । खैरहनी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

नगरपालिकाले गरेको कार्यसम्पादन ,विकास निर्माणका कामका बारे नगरवासीको जिज्ञासा सुन्नुका साथै रायसल्लाह लिने उदेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित नगरवासीले शिक्षामा लगानी अनुसार प्रतिफल आउन नसक्नुका कारण पत्ता लगाएर गुणस्तर वृद्धी गर्नु पर्ने, निर्माणको काम गुणस्तरीय हुनु पर्ने,वेरोजगार अन्त्य गर्न गर्ने खालका योजना ल्याउनु पर्ने,विकृती ,विसंगती रोक्न तथा सभ्य समाज निर्माणका लागि जनचेतनामुलक कार्यक्रम लगायत गतिविधी संचालन गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा विष्णु प्रसाद बास्कोटा,भेषराज खनाल,राज सिलवाल,उ त्तम अधिकारी,मोहदत्त सापकोटा,रामेश्वर पोखरेल,सकुन्तला अधिकारी,गणेश मल्ल लगायतले आआफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुको जिज्ञासा सुनिसकेपछि नगर प्रमुख शशिकुमार खनियाले सिमित श्रोत साधनका वावजुत विकास निर्माणदेखी प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिरहेको वताए ।

साथै सुशासन कायम गर्र्ने प्रयास पनि भएको उनको दावी थियो । काम गर्ने सिलसिलामा कतै त्रुटी होला,प्राविधिक कमजोरी होला,त्यसलाई सुधार गर्दै लैजान्छौं, प्रमुख खनियाले भने पछिल्लो दुई वर्षमा भएका कामलाई तपाईहरुले मुल्यांकन गर्नुस,कमजोरी सुधार्दै अघि वढनेछौ,यसमा तपाईहरुको साथ चाहिन्छ । स्थानीय तहको क्षेत्राधिकारमा रहेर काम गरिरहेको भन्दै प्रमुख खनियाले दम्भ र अहंकार नराखी,नगरवासीको विश्वासलाई घात नगरी काम गरेको वताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाले नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । समग्रमा पुँजीगत खर्च नगरपालिकाको उत्साहजनक रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पछिल्ला वर्षहरुमा संघीय सरकारबाट कम वजेट प्राप्त हुदै गएको र यो चुनौतीको रुपमा रहेको वताए ।

नगर प्रमुख खनियाको अध्यक्षतमा भएको कार्यक्रममा उपप्रमुख कविता उप्रेती,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुखहरु लगायत नगरवासीहरुको उपस्थिती रहेको थियो ।