नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

nagdhunga_surung

काठमाडौं, भदौ ८–

नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार (आजदेखि) चरणबद्ध रूपमा सुरु गरिएको छ । सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो ।

पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सड्क विभागले जनाएको छ ।

सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ । त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार गर्ने र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पु¥याउने योजना रहेको छ ।

नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा यात्रु र मालवाहक यातायातलाई सहज हुने अपेक्षा गरिएको छ ।

करीब २४ अर्ब रूपैयाँ खर्चिएर तयार भएको सुरुङ मार्गको गत साउन ११ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए । उनले उद्घाटन गरेसँगै नेपाल सुरुङ मार्गको युगमा प्रवेश गरेको थियो । त्यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ४२ महीनामा सम्पन्न गर्ने गरी सरकारले सुरूङमार्ग बनाउने जिम्मा जापानको हाज्मा÷आन्दो जेभीलाई दिएको थियो । तर सोही वर्ष देखिएको कोरोना महामारी, जग्गाको मुआब्जा विवाद, खानेपानीलगायत विषयमा स्थानीयसँग भएको समस्याजस्ता कारणले आयोजनाको म्याद चार पटकसम्म थपिएको थियो । जसले गर्दा यो आयोजना झन्डै ७ वर्षमा तयार भएको छ । न्यूज बैंक

ताजा समाचारहरुः

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

१४ वर्षीया छात्रामाथि दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा चार आङ्गिक क्याम्पसको आकस्मिक निरीक्षण

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

सांसद ज्वालाको प्रश्न – नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले बढ्यो

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

चितवनको भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण