बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्यो बर्खास्त
नवलपुर, भदौ ८- गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ‘होम ट्युसन’ पढाउने क्रममा दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि प्रहरीले निज शिक्षकलाई पक्राउ गरेको छ भने विद्यालयले सेवाबाट बर्खास्त गरेको छ । दुर्व्यवहार गर्ने शिक्षकलाई भदौ ६ गते गैंडाकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय मुरारी तिमिल्सिना रहेका छन् । बाल यौन दुर्व्यवहार मुद्धामा छ दिनको म्याद लिएर तिमिल्सिनामाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता अनिल पण्डितले जानकारी दिए । ‘घटना भदौ ३ गतेतिरको रहेछ । हामीले ६ गते नियन्त्रणमा लिएर बाल…