काठमाडौँ, भदौ ७-
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साताको पहिलो दिन २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो।
यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला चार हजार ९८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर चार हजार ९७५ रुपैयाँमा झरेको छ।