Day: ७ भाद्र २०८३, आईतवार १५:१३

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

चितवन, भदाै ७- आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका एक ४५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरी स्वयंले जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनि उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्कने तयारीमा रहेका उनी र छोरी मात्रै घरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार गत साउन २८ गते मादक पदार्थ सेवन…
Read More
खैरहनीमा दुर्घटनामा मृत्यु भएका दुवै जना `दिदीभाइ´

खैरहनीमा दुर्घटनामा मृत्यु भएका दुवै जना `दिदीभाइ´

चितवन, भदौ ७- चितवनको खैरहनीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका दुई जना दिदी भाइ रहेको खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटना मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रमपुरी गाउँपालिका-४ वस्ने वर्ष २३ को महेबुब रजा र पछाडी सवार मोहोत्तरी गौशला नगरपालिका-५ वस्ने वर्ष ३३ की अजिमा प्रबिन रहेका छन् । दुवै जनाको शव मृतकका बुवाले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले जानकारी…
Read More
१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ, भदौ ७- ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्। नेपाल सरकार र ऋणी प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमति कार्यान्वयनसँगै सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको हो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ।
Read More
निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज ३ लाख १९ हजार ५ सयमा कारोबार हुने

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज ३ लाख १९ हजार ५ सयमा कारोबार हुने

काठमाडौँ, भदौ ७- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साताको पहिलो दिन २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो। यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला चार हजार ९८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर चार हजार ९७५ रुपैयाँमा झरेको छ।
Read More