Latest News

त्रिशूली बस दुर्घटना : तीन दिनमा छ जनाको शब फेला

received_504291792260726

चितवन । त्रिशूली नदीमा बेपत्ता भएका ६२ जना यात्रु मध्ये आइतबार सम्म छ जनाको शब फेला परेको छ । हराएका दुई बसको भने अझै पत्ता लाग्न सकेको छैन् । तीन दिन खोजी गर्दा विभिन्न स्थानमा छ जनाको सब फेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

आइतबार थप तीन जनाको शब फेला परेको छ । दुई जनाको सनाखत भएको छ भने एक जनाको सनाखत हुन सकेको छैन् । भरतपुर–२६ स्थित सिसुवारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ । दिउँसो ४ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले पुरुषको शव फेला पारेको हो । यस अघि दुई दिन सम्म खोजीगर्दा तीन जनाको सब भेटिएको थियो । आइतबार चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा एउटा एउटा शब फेटिएको हो ।

गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ । जय प्रकाशका दाजु ओमप्रकाशले उहाँको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भाबेस रिमालले जानकारी दिनुभयो । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए । सैगरी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको शव गैँडाकोट नगरपालिका–७ मा भेटिएको हो ।

उनका दाजु मेराज हुसेनले सनाखत गर्नुभएको हो । माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको छ ।