Latest News

राप्तीका मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

13658ba5-230b-49b5-9839-08ce445eaad7

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी गर्दै मेयर लामा सवारी सरकारी गाडीमा आर्कमण गर्नेको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरको हुन् ।

घटना भएको आठ दिन वितिसक्दा पनि दोषीको पहिचान गरी कारबाही गर्न नसकिएको भन्दै उपमेयर लामाले इलाका प्रहरी कार्यालय भण्डारामा दोषीलाई कारबाहीको माग गर्दै निवेदन समेत दिएका छन् । नगरपालिकाको कामको सिलसिलामा गड्यौली पुगेर फर्किनेक्रममा बुद्धशान्ति मावि नजिक अज्ञात समुहले मेयर लामा चढेको बा २ झ ३६६६ नम्बरको सरकारी गाडीमा डुंगा प्रहार गरी तोडफोड गरेका थिए । नगर प्रमुख जस्तो जनप्रतिनिधीले नगर भित्र स्वतन्त्र र भए रहित वातारणमा हिडडुल गर्न नसक्ने हो भने नगरवासी सर्वसाधरण कसरी सुरक्षित हुन सक्छन भन्ने विषयले चिन्तित बनाएको छ विज्ञप्तीमा भनिएको छ । घटना निन्दनीय रहेको भन्दै उपमेयर लामाले विज्ञप्ती मार्फत दोषीको खोजी गरी कानुनी दायरा ल्याई कारवाही गर्न प्रशासन समक्ष माग गरेका छन् ।

घटना घटेको यतिका दिन सम्म पनि उक्त घटनामा संलग्न व्यक्तिहरु वा समूहलाई पक्राउ गर्न नसक्नुले सुरक्षा निकाय माथि गम्भीर प्रश्न उठेको छ विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नगर प्रमुखको सवारी साधन माथि आक्रमण गर्नु जस्ता गम्भीर घटना वास्तविक हो वा कपोकल्पिल हो भन्ने प्रश्न नगरवासीले चासो र चिन्ता बनेको भन्दै उपमेयर लामाले घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन समेत प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।