हुलाकी सडकअन्तर्गत निकुञ्ज क्षेत्रमा ग्राभेल सडक मर्मत हुँदै

gravel sadak

चितवन , भदौ ४ –

भरतपुर–माडी–ठोरी (हुलाकी सडक) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकखण्डको ग्राभेल सडक मर्मत थालिएको छ।राप्ती खोला पुलदेखि रिउ खोला पुलसम्मको सडकखण्डमा सवारीसाधनको आवतजावत सहज बनाउन सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक विभागको हेटौँडा डिभिजनबाट आवश्यक स्रोत–साधन प्रयोग गरी माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा सडक मर्मत भइरहेको हो।

वर्षा तथा नियमित सवारी आवागमनका कारण सडकमा देखिएका समस्या समाधान गर्दै आवतजावतलाई सहज बनाउने उद्देश्यले ग्राभेल सडक मर्मत भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

माडी हुँदै ठोरी तथा भरतपुर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहजता हुने अपेक्षा गरिएको छ।