भरतपुर, भदौ २-
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो फोटो दुरुपयोग गर्ने व्यक्तिहरु विरुद्ध साइबर व्युरोमा उजुरी दिने भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा केहि व्यक्तिहरुले ‘सिडिओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्दै’ भनि भ्रामक कन्टेन्ट हालेका थिए । भ्रामक र कपोकल्पिक कन्टेन्ट हाल्ने व्यक्तिहरु विरुद्ध उजुरी दिन लागेको अर्यालले जानकारी दिएका छन् ।
‘रुटिन अफ चितवन बन्द’ नामक फेसबुक पेज लगायत केहि व्यक्तिहरुले अर्यालको फोटो प्रयोग गरी भरतपुरको मेयरमा चुनाव लड्न लागेको भनि लेखेका थिए ।