रत्ननगर । साैराहाकाे निकटमा रहेकाे चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र शिवपुराण महायज्ञ सुरु हुँदैछ ।
चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिकाे सयुक्त आयाेजनामा सन्ध्या आरतीकाे शुभारम्भ तथा महायज्ञ आयाेजना गरिएकाे हाे । धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयाेजना गरिएकाे आरती व्यवस्थापन समितिका अध्यक्ष गाेकर्ण गिरीले जानकारी दिनुभयाे ।
धर्म,संस्कृति मार्फत पहिलाे पटक धार्मिक पर्यटनकाे विकास गर्ने उद्देश्यले सन्ध्या महागंगा आरती सुरु गर्न लागिएकाे उनकाे भनाई छ । एक गतेबाट शुभारम्भ भएकाे सन्ध्या आरती हरेक हप्ताकाे साेमबार गर्ने र आवश्यकता महसुस भए शुक्रबार पनि गर्ने प्रारम्भिक याेजना रहेकाे उनले बताए ।
आयाेजक दुईवटै समितिले आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरि सन्ध्या आरती र महायज्ञकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गर्ने र महायज्ञबाट ३० लाख रूपैया संकलन गर्ने याेजना रहेकाे छ । १० लाख खर्च गरेर २० लाख जाेगाएर आरती सञ्चालनकाे लागि अक्षयकाेष स्थापना गर्ने आरती व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताए ।
महायज्ञ उद्घाटन पूर्व चित्रसारीमा कलशयात्रा निकालिने छ । पत्रकार सम्मेलनमा वडा नं ८ का वडासदस्य केदार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जलराम महताे, रेवान साैराहाका अध्यक्ष ध्रुव गिरी, आरती व्यवस्थापन समितिका सल्लहाकार एकनारायण पाैडेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सचिव पुष्पराज मरहठ्ठाले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष निलकण्ठ पाैडेलले स्वागत मन्तव्य राखेका थिए ।