चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

burnt moto

चितवन, साउन २०-

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभान (मुग्लिङ-नारायणगढ सडक खण्ड) मा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल दिउँसो करिब २:५५ बजेको समयमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङको राईनास गाउँपालिका-४ बस्ने ५० वर्षीय बलराम पराजुली गम्भीर घाइते भएका छन्। यस्तै मोटरसाइकलको पछाडि सवार गोर्खाको सिराञ्चोक गाउँपालिका-१ बस्ने २० वर्षीय प्रशान्त घिमिरेको अवस्था मध्यम रहेको छ। घाइते दुवै जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ट्रकको अगाडिको भागमा क्षति पुगेको छ।

प्रहरीले ट्रक र चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ बस्ने ३२ वर्षीय राजु विकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभूषण यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा समाचारहरुः

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण