Day: २० श्रावण २०८३, बुधबार १८:०४

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

चितवन, साउन २०- चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभान (मुग्लिङ-नारायणगढ सडक खण्ड) मा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल दिउँसो करिब २:५५ बजेको समयमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङको राईनास गाउँपालिका-४ बस्ने ५० वर्षीय बलराम पराजुली गम्भीर घाइते भएका छन्। यस्तै मोटरसाइकलको पछाडि सवार गोर्खाको सिराञ्चोक गाउँपालिका-१ बस्ने २० वर्षीय प्रशान्त घिमिरेको अवस्था मध्यम रहेको छ। घाइते दुवै जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण…
Read More
आन्दोलनको प्रभावः गोलबजारमा मुस्लिम व्यवसायीका पसल बन्द, क्षतिपूर्तिको माग

आन्दोलनको प्रभावः गोलबजारमा मुस्लिम व्यवसायीका पसल बन्द, क्षतिपूर्तिको माग

सिरहा,साउन २०- सिरहाको गोलबजारमा साउन १४ मा भएको हिंसात्मक घटनापछि धेरै व्यावसायिक पसल अझै खुलेका छैनन् । नखुलेका ती पसल मुस्लिम समुदायका व्यवसायीका हुन् । सरकारले क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको प्रत्याभूति नदिलाएसम्म पसल नखोल्ने अडान उनीहरुको छ । घटना भएको करिब एक साता बितिसक्दा पनि सरकार, स्थानीय तह, व्यापार संघ वा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्न कोही नआएको गुनासो उनीहरुको छ । गोलबजारमा मुस्लिम समुदायका व्यवसायीले सञ्चालन गरेका कपडा पसल, मोटरसाइकल वर्कसप, मोटर पार्टस् पसल, फार्मेसी, सुन पसललगायत बन्द छन् । आन्दोलनको क्रममा सिरहामा व्यावसायिक मल तथा पसलमा चोरी, तोडफोड र आगजनी पनि भएको थियो ।…
Read More
सुनसरी र सिरहामा ज्यान गुमाएकालाई क्षतिपूर्ति, घाइतेलाई उपचारको व्यवस्था

सुनसरी र सिरहामा ज्यान गुमाएकालाई क्षतिपूर्ति, घाइतेलाई उपचारको व्यवस्था

काठमाडोँ, साउन २०– सरकारले सुनसरी र सिरहामा भएको तनावका क्रममा मृत्यु भएकाहरूलाई राहत र घाइतेहरूलाई र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई क्षतिपूर्ति तथा राहत र घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सुनसरीको देवानगञ्जमा यही साउन १० गते बेलुकी भएको प्रदर्शनका क्रममा सोही दिन एक जनाको र उपचारका क्रममा दुईजनाको र्मत्यु भएको थियो। सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा पनि एकजनाको मृत्यु भएको थियो ।
Read More
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौँ, साउन २०– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ । उक्त कार्यालयले यस्ता कार्य कानूनविपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही गरिरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको…
Read More
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्तीको आगमन

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्तीको आगमन

चितवन, साउन २०– चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उहाँले बताउनुभयो । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन । संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन् । बथानको नेतृत्व…
Read More
अन्तिम चरणमा भरतपुरका दुई ऊर्जा आयोजना, विद्युत् सेवा थप भरपर्दो बन्दै

अन्तिम चरणमा भरतपुरका दुई ऊर्जा आयोजना, विद्युत् सेवा थप भरपर्दो बन्दै

काठमाडौं, साउन २०– चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन् । भरतपुरमा सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको…
Read More
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, साउन २०– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा खसेको पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान ६ः४० बजे माथिबाट लेदो सहितको पहिरो झर्दा रुखसमेत ढलेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि बिहान ८ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Read More
चितवनमा अनलाइन ठगी बढ्दो, एक वर्षमा ५२१ उजुरी दर्ता

चितवनमा अनलाइन ठगी बढ्दो, एक वर्षमा ५२१ उजुरी दर्ता

चितवन, साउन २० – चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा अनलाइन ठगीका ५२१ वटा निवेदन दर्ता भएका छन्। ती घटनामा रु १२ करोड २२ लाख ८४ हजार ३३८ बराबरको रकम ठगी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये हालसम्म रु दुई करोड २९ लाख ९८ हजार ६४३ पीडितलाई फिर्ता गराइएको छ। उनका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत फिसिङ लिङ्क पठाउने, आकर्षक अफर देखाउने तथा उपहार जितेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने घटनामा उल्लेख्य वृद्धि भएको छ। दैनिकजसो अनलाइन ठगीका उजुरी आउने गरेको र ठगीको रकम रु…
Read More
चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद

चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद

चितवन, साउन २०– जिल्लाका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो…
Read More
पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

चितवन, साउन २०– नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । रासस
Read More