काठमाडोँ, साउन २०–
सरकारले सुनसरी र सिरहामा भएको तनावका क्रममा मृत्यु भएकाहरूलाई राहत र घाइतेहरूलाई र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई क्षतिपूर्ति तथा राहत र घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सुनसरीको देवानगञ्जमा यही साउन १० गते बेलुकी भएको प्रदर्शनका क्रममा सोही दिन एक जनाको र उपचारका क्रममा दुईजनाको र्मत्यु भएको थियो। सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा पनि एकजनाको मृत्यु भएको थियो ।