स्पाउज क्लब अफ आरसी नारायणगढद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

spouse club training

चितवन, साउन ०८-

भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयमा स्पाउज क्लब अफ आरसी नारायणगढको आयोजनामा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री, क्यालकुलेटर, स्कुल ड्रेस तथा जुत्ता वितरण गरिएको छ।

पूर्व रोटरियन राजाराम सिटौला तथा स्पाउज शान्ता सिटौलाको सौजन्यमा स्टेशनरी सामाग्री उपलब्ध गराइएको हो । यस्तै १० थान क्यालकुलेटर भने स्पाउस क्लवकी अध्यक्ष सुरक्षा श्रेष्ठले सौजन्य स्वरूप प्रदान गर्नुभएको थियो ।

स्पाउज क्लबकी अध्यक्ष सुरक्षा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेल प्रमुख अतिथि रहनुभएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामाग्री वितरण गरेकोमा विद्यालयका सहायक प्रिन्सिपल मीत्रलाल पौडेलले स्पाउज क्लब अफ आरसी नारायणगढ तथा सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

अनु पन्तले कार्यक्रमको संयोजन गर्नुभएको कार्यक्रममा स्पाउज क्लबकी संस्थापक अध्यक्ष शान्ति उपाध्याय, निवर्तमान अध्यक्ष दुर्गा श्रेष्ठ, पूर्व अध्यक्ष निरा प्रधान, अनु पन्त तथा रोटरी क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, रोहितकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सेवन पन्त लगायतको उपस्थिति रहेको थियो।