Day: ८ श्रावण २०८३, शुक्रबार १७:५३

चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

भरतपुर,साउन ८- चितवनका सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । आज (शुक्रबार) ३ः२० बजेको समयमा भरतपुर १६ गणेशमन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्याँस भर्ने क्रममा काल्टोन फोर टेन ए नामको ग्याँस सिलिण्डर पड्कदा एसी ग्याँस भर्न आएका टेक्निसियनहरु घाइते भएका हुन । घाइते मध्ये भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर १२ का ३० वर्षिय प्रमोद कोइरालाको मृत्यु भएको हो । अर्का घाइते पर्सा पर्टेर्वा गाउँपालिका ५ का २८ बर्षिय इम्तियाज देवान गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
स्पाउज क्लब अफ आरसी नारायणगढद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

स्पाउज क्लब अफ आरसी नारायणगढद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चितवन, साउन ०८- भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयमा स्पाउज क्लब अफ आरसी नारायणगढको आयोजनामा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री, क्यालकुलेटर, स्कुल ड्रेस तथा जुत्ता वितरण गरिएको छ। पूर्व रोटरियन राजाराम सिटौला तथा स्पाउज शान्ता सिटौलाको सौजन्यमा स्टेशनरी सामाग्री उपलब्ध गराइएको हो । यस्तै १० थान क्यालकुलेटर भने स्पाउस क्लवकी अध्यक्ष सुरक्षा श्रेष्ठले सौजन्य स्वरूप प्रदान गर्नुभएको थियो । स्पाउज क्लबकी अध्यक्ष सुरक्षा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेल प्रमुख अतिथि रहनुभएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामाग्री वितरण गरेकोमा विद्यालयका सहायक प्रिन्सिपल मीत्रलाल पौडेलले स्पाउज क्लब…
Read More
पहिरो जोखिम हटाउन तुइन खोलामा ढिस्को काटिने, नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने

पहिरो जोखिम हटाउन तुइन खोलामा ढिस्को काटिने, नारायणगढ–मुग्लिन सडक दैनिक २–३ घण्टा बन्द हुने

चितवन, साउन ८– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याई सकेको छ । घिमिरेका अनुसार दैनिक दुईरतीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरु झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही…
Read More
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ, साउन ८- अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ…
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, साउन ८- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार…
Read More