रत्ननगर, साउन १-
रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनतर्फ उल्लेखनीय सफलता हासिल गर्दै निर्धारित लक्ष्यभन्दा बढी राजस्व उठाएको छ।
नगरपालिकाले उक्त आर्थिक वर्षमा १६ करोड ६७ लाख ३ हजार ८३६ रुपैयाँ ९३ पैसा राजस्व संकलन गरेको जनाएको छ। यो नगरपालिकाले तय गरेको करिब १५ करोड रुपैयाँको लक्ष्यभन्दा झण्डै १ करोड ६७ लाख रुपैयाँ बढी हो।
वडागत रूपमा हेर्दा वडा नं. १ सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा बनेको छ। यस वडाले १ करोड २९ लाख १० हजार ९७० रुपैयाँ ८४ पैसा राजस्व संकलन गर्दै शीर्ष स्थान हासिल गरेको हो।
त्यसपछि वडा नं. २ ले १ करोड १४ लाख ८३ हजार ११४ रुपैयाँ ६६ पैसा, वडा नं. ६ ले ९८ लाख ९६ हजार ५२१ रुपैयाँ ८ पैसा, वडा नं. १० ले ९३ लाख ५७५ रुपैयाँ २५ पैसा, वडा नं. १४ ले ७४ लाख ८४ हजार ७३४ रुपैयाँ, वडा नं. १३ ले ७० लाख ६२ हजार १८२ रुपैयाँ, वडा नं. १२ ले ६३ लाख ८४ हजार ७६८ रुपैयाँ, वडा नं. ९ ले ५५ लाख १८ हजार ३०४ रुपैयाँ ७० पैसा, वडा नं. १६ ले ५० लाख ८० हजार ९७७ रुपैयाँ ६१ पैसा, वडा नं. ७ ले ५० लाख ७६ हजार ११४ रुपैयाँ २६ पैसा, वडा नं. ३ ले ४९ लाख ६० हजार ६०५ रुपैयाँ ८२ पैसा, वडा नं. १५ ले ४३ लाख ७३ हजार २५२ रुपैयाँ ७८ पैसा, वडा नं. ४ ले ४३ लाख ४ हजार ३५२ रुपैयाँ, वडा नं. ८ ले ३९ लाख ६४ हजार ९८५ रुपैयाँ, वडा नं. ११ ले ३२ लाख २५ हजार २१० रुपैयाँ तथा वडा नं. ५ ले ३० लाख ७९ हजार ८८६ रुपैयाँ राजस्व संकलन गरेका छन्। राजस्व संकलनको आधारमा वडा नं. ५ सबैभन्दा कम र वडा नं. १ सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा बनेको छ।
यसैगरी, नगरपालिकाको केन्द्रीय कार्यालयबाट मात्रै ६ करोड २५ लाख १९ हजार २८३ रुपैयाँ ७५ पैसा राजस्व संकलन भएको छ। नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल हुनु वित्तीय अनुशासन, कर प्रशासनको प्रभावकारिता तथा करदाताको सहभागिताको सकारात्मक परिणामका रूपमा हेरिएको छ। यो उपलब्धिले आगामी विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।