चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट

chandra kanta basnet

भरतपुर,असार १८-

चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ । छ जनाको समुहमा आएकाहरुले अधिकृत बस्नेतमाथि कुटपिट गरेको घटना पश्चात पालिकामा पुग्नुभएका पत्रकार चित्र तमूले जानकारी दिनुभयो । ढुंगा गिट्टी उत्थखननको बिषयलाई लिएर बस्नेतमाथि आक्रमण भएको बुझिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।