Day: १८ असार २०८३, बिहीबार १७:४४

सेन्ट्रल ग्रुपमा गैँडाकोट टेक्निकल एकेडेमी आबद्ध, हजारौं युवालाई सीपमूलक तालिम दिने

सेन्ट्रल ग्रुपमा गैँडाकोट टेक्निकल एकेडेमी आबद्ध, हजारौं युवालाई सीपमूलक तालिम दिने

भरतपुर,असार १८- सेन्ट्रल ग्रुपले गैँडाकोट टेक्निकल एकेडेमीलाई आफ्नो समूहमा आबद्ध गर्दै प्राविधिक तथा सीपमूलक शिक्षाको क्षेत्रमा सेवा विस्तार गरेको छ। ग्रुपले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अब एकेडेमीमार्फत छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गरिने जनाएको हो। ग्रुपका अध्यक्ष यज्ञ विलास पौडेल (वाईबी) का अनुसार युवालाई दक्ष, आत्मनिर्भर तथा प्रतिस्पर्धी जनशक्ति बनाउने उद्देश्यका साथ कम्प्युटर, मोबाइल मर्मत, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, प्लम्बिङ, एसी टेक्निसियन, कुक, वेटर, हाउसकिपिङ, बारिस्टा, फेसन डिजाइनिङ, बुटिक तथा केयरगिभरलगायतका तालिम सञ्चालन गरिनेछ। छोटो अवधिमै हजारौं युवालाई तालिममा सहभागी गराउने लक्ष्य ग्रुपले लिएको पौडेलले बताउनुभयो । सेन्ट्रल ग्रुपअन्तर्गत हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजमार्फत बीएचएम र बीआईटीएम कार्यक्रम…
Read More
मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

चितवन,असार १८- सुख्खा पहिरो खसेर अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पहिरो पन्छाएसंगै दुइतर्फी सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारा क्षेत्रमा आज बिहान करिब ११ः४० बजे सडकमाथिबाट सुख्खा पहिरो खस्दा अबरुद्ध सडकखण्ड अपरान्ह ३ः३० बजेदेखि संचालनमा आएको हो । पहिरो पन्छाएसंगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरेको थियो । प्रहरीले लेन अनुसासन पालना गरेर सवारीसधान चलाउन सबैमा अपिल गरेको छ ।
Read More
निर्माण व्यवसायीद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै

निर्माण व्यवसायीद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै

चितवन,असार १८- चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्। उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो। उनीहरूले हारे, गाउँपालिकाले जित्यो। त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट…
Read More
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट

चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट

भरतपुर,असार १८- चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ । छ जनाको समुहमा आएकाहरुले अधिकृत बस्नेतमाथि कुटपिट गरेको घटना पश्चात पालिकामा पुग्नुभएका पत्रकार चित्र तमूले जानकारी दिनुभयो । ढुंगा गिट्टी उत्थखननको बिषयलाई लिएर बस्नेतमाथि आक्रमण भएको बुझिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
Read More
वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा प्रा.डा.सिंह नियुक्त

वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा प्रा.डा.सिंह नियुक्त

चितवन, असार १८– चितवनको भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक प्रा.डा.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष डा.विजय न्यौपानेको कार्यकाल चैतदेखि समाप्त भएपछि अस्पतालमा अध्यक्ष पद रिक्त रहेको थियो । स्वास्थ्य मन्त्रालयले खुल्ला प्रतिष्पर्धामा अध्यक्षका लागि आवेदन माग गरेको थियो । सोही आधारमा सिफारिस गरिएका अन्तिम तीन जना आवेदक मध्ये सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उमेश नेपालले अध्यक्षमा नियुक्त डा.सिंह केहीदिनमै पदबहाली गर्ने तयारी भइरहेको बताए । अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट प्रा.डा सिंहसहित डा.अजयकुमार झा र डा. विजय चन्द्र आचार्यको…
Read More
चितवनमा गाडी चलाउँदै गर्दा स्टेरिङमै ढलेका चन्द्रबहादुरले आफ्नो प्राण गुमाएर १४ यात्रुलाई नयाँ जीवन दिए

चितवनमा गाडी चलाउँदै गर्दा स्टेरिङमै ढलेका चन्द्रबहादुरले आफ्नो प्राण गुमाएर १४ यात्रुलाई नयाँ जीवन दिए

चितवन,असार १८- भरतपुरबाट वीरगञ्जतर्फ यात्रु बोकेर गन्तव्यतर्फ अघि बढिरहेको एउटा हाइस शुक्रबार अपराह्न चितवनको रत्ननगर–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुग्दा चालकको स्वास्थ्यमा अचानक समस्या देखियो। सवारी चलाइरहेका चालकले अवस्था असहज महसुस गरेपछि हाइसलाई सडक किनारमा सुरक्षित रूपमा रोके। तर त्यसलगत्तै उनी एक्कासी बेहोस भए। हाइस चालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ निवासी करिब ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई तत्काल कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पुर्‍यायो। चिकित्सकले स्वास्थ्य परीक्षणपछि अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार बुढाथोकीले समयमै सवारी सडक किनारमा रोकेकाले सम्भावित दुर्घटना टरेको देखिन्छ। उनी बेहोस हुँदा हाइसमा १०…
Read More
तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन, असार १८- चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ। हालसम्म एकवटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ। चारमध्ये एकवटा प्यारापिट निर्माण सम्पन्न भएको, दुईवटाको ढलान सकिएको तथा…
Read More
मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो,दुईतर्फी यातायात अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो,दुईतर्फी यातायात अवरुद्ध

चितवन,असार १८- खुख्खा पहिरो खसेर मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारा क्षेत्रमा आज बिहान करिब ११ः४० बजे सडकमाथिबाट सुख्खा पहिरो खस्दा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुवैतर्फको सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको यादवले बताउनुभयो । प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म लेन पालना गरेर बस्न तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Read More
विदेश होइन, चितवनमै भविष्य: खुर्सानी खेतीले बदल्यो नवीन श्रेष्ठको जीवन

विदेश होइन, चितवनमै भविष्य: खुर्सानी खेतीले बदल्यो नवीन श्रेष्ठको जीवन

नारायणगढ (चितवन), असार १८ – स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहनुभएको छैन, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ । दुई दशकभन्दा लामो समयदेखि पुख्र्यौली पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित हुनुहुन्छ । केही समय…
Read More