चट्याङका कारण रेडियो भरतपुरको प्रसारण अवरुद्ध भरतपुर

radio bharatpur

चितवन, असार १५-

चट्याङका कारण रेडियो भरतपुर १०५.२ मेगाहर्जका केही प्रसारण उपकरणमा क्षति पुगेपछि रेडियोको नियमित प्रसारण अवरुद्ध भएको छ। रेडियोका अनुसार चट्याङका कारण ट्रान्समिटर, एसी तथा अडियो मिक्सरमा क्षति पुगेको छ।

उपकरणमा आएको प्राविधिक समस्याका कारण नियमित प्रसारण सेवा प्रभावित भएको हो। रेडियो व्यवस्थापनले क्षतिग्रस्त उपकरणको मर्मत तथा प्रतिस्थापनको काम तीव्र रूपमा भइरहेको जनाएको छ। यथाशीघ्र प्रसारण सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको र श्रोतामा परेको असुविधाप्रति रेडियोले क्षमायाचना गरेको छ।